Jul 27 2026 | २०८३, श्रावण ११ गते

एघारौं ग्रीनफिल्ड अन्तर-स्कुल बास्केटबल प्रतियोगिता शुरु ।

एघारौं ग्रीनफिल्ड अन्तर-स्कुल बास्केटबल प्रतियोगिता शुरु ।

  • 960
    SHARES

  • एघारौं ग्रीनफिल्ड अन्तर-स्कुल बास्केटबल प्रतियोगिता शुरु ।

    साउन, २७ गते काठमाडौ । एघारौ ग्रीनफिल्ड बास्केटबल प्रतियोगिता २०८१ शुरु भएको छ। शनिवार एक भव्य कार्यक्रमका बिच अन्तर-स्कुल बास्केटबल प्रतियोगिता शुरु भएको हो।

    20211101185318_IMG_3635~2.JPG

    प्रतियोगिता एक सातासम्म चल्ने छ। बास्केटबल प्रतियोगितामा सिनियर तर्फ २५ वटा छात्र र १२ वटा छात्राहरुको टिम रहेको छन् भने जुनियर तर्फ १३ वटा टिम रहेका छन्।

    20211101182147_IMG_3577.JPG

    प्रतियोगिता उद्घाटन समारोहमा विद्यार्थीहरुले बिशेष  कौसलता सहितको सांगीतिक नृत्य र पिटिहरु प्रस्तुत गरेका थिए।

    प्रतियोगितामा बोल्दै ग्रीनफिल्ड स्कुल/कलेजका प्रिन्सिपल खडक बहादुर बस्नेतले नेपाली खेल क्षेत्रमा योगदान पुर्‍याउने र विद्यार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्तिमा भुमिका खेल्ने बताउनुभयो। साथै खेलले विद्यार्थीहरुमा अनुशासन कायम गर्न सघाउ पुर्याउने बस्नेतले बताउनुभयो ।

    20211101183259_IMG_3590.JPG

    त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा हिसानका उपाध्यक्ष तथ काठमाडौ भ्याली कलेजका अध्यक्ष डा.स्वागत श्रेष्ठले बास्केटबल प्रतियोगिता सफलताको शुभकामना दिनुभयो । खेलकुदमा अनुशासनको जरुरत हुन्छ। श्रेष्ठले भन्नुभयो, अनुशासन र खेलकुदलाई संगै लाने हो भने जीवन सफल हुन्छ।' साथै खेलकुदामा भाग लिनु ठूलो कुरा हो भन्दै उहाँले अनुशासित भएर खेल्नेहो भने जित्नुमात्रै ठूलो कुरा नहुने धारणा व्यक्त गर्नुभयो ।

    20211101183825_IMG_3597.JPG

    कार्यक्रम ग्रीनफिल्ड फाउन्डेसनका निर्देशक राजुराम अधिकारी, आर्थिक निर्देशक अर्जुन पाठक, पब्लिक रिलेशन अफिसर इन्दिरा पोखरेल लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    20211101181956_IMG_3564~2.JPG20211101190756_IMG_3682.JPG20211101193546_IMG_3747.JPG20211101190449_IMG_3674.JPG20211101190614_IMG_3677.JPG20211101184958_IMG_3624.JPG20211101192536_IMG_3713.JPG20211101184758_IMG_3611.JPG20211101183217_IMG_3588.JPG

    images
    आइतवार, श्रावण २७ २०८१०७:२९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार