Jul 27 2026 | २०८३, श्रावण ११ गते

कैलाली बहुमुखी क्याम्पसको स्ववियु कार्यलयमा तालाबन्दी ।

कैलाली बहुमुखी क्याम्पसको स्ववियु कार्यलयमा तालाबन्दी ।

  • 1.0K
    SHARES

  • कैलाली बहुमुखी क्याम्पसको स्ववियु कार्यलयमा तालाबन्दी ।

    साउन, २७ गते काठमाडौ । विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसको स्ववियु कार्यलयमा तालाबन्दी गरेका छन। वि‌द्यार्थि समस्या सामाधानका लागी संघर्ष समितिले कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका हुन्।

    कैलाली बहुमुखी क्याम्पसको स्ववियु कार्यालयको खर्च विवरणमा आर्थिक पारदर्शिता र जवाफदेहीता नभएको बारेमा पटक पटक लिखित तथा मौखिक रूपमा अवगत गराउँदा पनि व्यवास्ता गरेको र क्याम्पस स्ववियुका सम्बधमा यस अधि अल्टिमेटम सहितको स्ववियुका संरक्षकलाई मागपत्र बुझाउँदा पनि कुनै पनि किसिमको सुनुवाई नगरिएकोले अनिश्चितकालका लागी तालाबन्दी गरिएको वि‌द्यार्थीहरु‌द्वारा जारी गतिएको बिज्ञप्तिमा उल्लेख छ।

    साथै कुनै पनि प्रकारको बल प्रयोग गरी ताला खोलिएमा हुनसक्ने सम्भाव्य सम्पूर्ण क्षतिको जिम्मेवार स्ववियु कार्यालय र स्ववियु संरक्षकले हुनुपर्ने बिज्ञप्तिमा लेखिएको छ।

    त्यसैगरी विद्यार्थीहरुले नियम बमोजिम माग सम्बोधन गरिपांउ भन्दै कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् स्ववियु संरक्षक सम्बोधन पत्राचार मार्फत अनुरोध समेत गरेका छन्।

    कैलाली बहुमुखी क्याम्पस र विद्यार्थी समस्या समाधानका लागी संघर्ष समिति विच भएको सहमती अनूरुप कार्यान्वयन नगरिएका विषयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने र स्ववियु निर्वाचन भएको झन्डै एक वर्ष ६ महिना वितेको भन्दै पत्रमा लेखिएको छ, "संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को संशोधन सहितको नियम १८१ (ग) को उपनियम (ग) मा कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन सोही तह को अन्तिम वर्ष सेमेस्टरको सैद्रान्तिक परीक्षा दिईसकेपछि कार्यसमितिको पदाधिकारी र सदस्य पद स्वतः समाप्त भएको मानिनेछ। र सोही नियमको साधारण सभा सम्वन्धि व्यवस्था सम्बन्धि व्यस्थाको नियम ३ को उपनियम ग मा उल्लेख भएबमोजिम प्रत्येक वर्ष कम्तिमा एकपटक साधारण सभा वस्नेछ । भन्ने कानुनी व्यवस्था भएवमोजिम यस कैलाली वहुमुखी क्याम्पसको स्वोवियु सम्बन्धि सुदूरपश्चिम विश्वविद्यालयले व्यवस्था गरेअनुरुप उल्लेखित अनुरुप नियम १८१ घ को उपनियम ७ बमोजिम यहाँ संरक्षक रहेको हुँदा नियम बमोजिम कार्यकाल सकिएका हरुको नामावली हटाउनु पर्ने, विद्यार्थीका अतिरिक्त क्रीयाकलापमा स्ववियुले लगाएको सिन्डिकेटको अन्त्य गरी स्वतन्त्ररुपमा अतिरिक्त क्रीयाकलाप गर्ने व्यवस्था गर्नुपर्ने, विद्यार्थीको कल्याणका लागी विद्यार्थीवबाट उठेको पैसामा स्ववियुले हिनामिना गरेको प्रश्न उठेकोले तत्काल त्यसको छानविन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्ने भनी निवेदन पेस गर्दछौ। साथै उपयुक्त मागहरु ७ दिन भित्र पुरा नगरेमा जस्तो सुकै आन्दोलन गर्न वाध्य हुनेछौं, यसको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुनुपर्ने छ ।"

    Messenger_creation_794f28e6-173f-47c5-ab45-4858510d5d7f.jpegMessenger_creation_f0cb731c-06d5-4b54-8736-59619a0c514a.jpeg

    images
    आइतवार, श्रावण २७ २०८१०३:३६:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार