Jul 27 2026 | २०८३, श्रावण ११ गते

चौधरी ग्रुपले हडपेर बसेको चाँदवाग स्कुल खाली गर्न महानगरले दियो अल्टिमेटम

चौधरी ग्रुपले हडपेर बसेको चाँदवाग स्कुल खाली गर्न महानगरले दियो अल्टिमेटम

  • 491
    SHARES

  • चौधरी ग्रुपले हडपेर बसेको चाँदवाग स्कुल खाली गर्न महानगरले दियो अल्टिमेटम

    साउन, २८ गते काठमाडौं। काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ । कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा हडपेर आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको उक्त स्कुल खाली गर्न महानगरले अल्टिमेटम दिएको हो।

    स्रोतका अनुसार काठमाडौ महानगरले एक हप्तामा स्कुल खाली गर्न माइकिङ समेत गरेर अल्तिमेटम दिएको जानकारी गराइएको छ। सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको उक्त जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो ।

    मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८० माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेस्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो।

    सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद बाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारका नाममा कायम गरेको थियो।

    मालपोत कार्यालयले चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुरलाई पत्र लेखी २१ दिनभित्र उपस्थित हुन भनेको थियो । पत्रमा भनिएको थियो, ‘… २०८०–१०–२२ को आदेशबमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन मिति २०८०–१०–२४ को आदेशबमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ ।

    पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ ।’ कम्पनीका अध्यक्ष ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरू जमानीमा छुटेका थिए ।

    images
    सोमवार, श्रावण २८ २०८१०९:०८:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार