Jul 27 2026 | २०८३, श्रावण ११ गते

परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • 471
    SHARES

  • परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    साउन, ३० गते काठमाडौ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार माद्यामिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    IMG-20240813-WA0019.jpg

    मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यमा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन्।

    IMG-20240813-WA0007.jpg

    परिषद्ले यस वर्ष देशकाे पनि भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाकाे समन्वयमा १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने याेजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप साउन २९ गते मंगलबार परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंकाे गाेकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मा.वि. र बालसुधार मा.विबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेकाे छ ।

    IMG-20240813-WA0006.jpg

    उक्त वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाेकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर सान्नानि लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, सेवा र बिकासका लागी युवाका बाग्मति प्रदेशका उपाध्यक्ष डा. प्रेमराज न्याैपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वि जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गाेकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि मा. वि.का प्राचार्य देवराज भट्टराई, बालसुधार मा. वि.का प्राचार्य हेमराज घिमिरे लगायत वडा सदस्यहरू,वि. वि.स. का सदस्यहरू, विद्यार्थी कल्याणकारी काेषका पदाधिकारी लगायतका व्यक्तित्वहरू विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ ।

    उक्त कार्यक्रमकाे सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गर्नु भएको थियोे ।

    images
    बुधवार, श्रावण ३० २०८१०९:०४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार