Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थीहरुले नतिजा हेर्न पाएनन्

त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थीहरुले नतिजा हेर्न पाएनन्

  • 897
    SHARES

  • त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थीहरुले नतिजा हेर्न पाएनन्

    साउन ३२, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट नखुल्दा विद्यार्थीहरु नतिजा हेर्नबाट बन्चित भएका छन् ।

    IMG_20240816_072119.png

    परीक्षा नियन्त्रण कार्यालयले २०८० साउन र भदौमा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको तर, कार्यालयको वेबसाइट नखुल्दा विद्यार्थीहरूले अहिलेसम्म नतिजा हेर्नबाट बन्चित भएका हुन्।

    बीबीएस दोस्रो वर्षको नतिजा हेर्न नपाएको र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्दा पनि सम्पर्क नै नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

    विद्यार्थीहरूले एकवर्षपछि नतिजा आएर पनि हेर्न खोज्दा साइट नै खुल्दैन । फोन गर्दा पनि उठ्दैन ।’ परीक्षा नियन्त्रण कार्यालयले भने डेटा धेरै भएको कारण ‘सर्भर ह्याङ’ भएपछि काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यलयका अनुसार ‘डेटा धेरै भएकोले सर्भर ह्याङ भएको भन्ने छ । काम भइरहेकोले छिटै समाधान गर्न लागि परेको बताएका छन् ।

    images
    शुक्रवार, श्रावण ३२ २०८१०७:२०:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार