Jul 29 2026 | २०८३, श्रावण १३ गते

शिक्षक माथी दमनचक्र चलाउने प्रयास भयो; विद्यालय शिक्षा ऐन समयानुकूल परिमार्जन गरेर ल्याइन्छ: प्रधानमन्त्री

शिक्षक माथी दमनचक्र चलाउने प्रयास भयो; विद्यालय शिक्षा ऐन समयानुकूल परिमार्जन गरेर ल्याइन्छ: प्रधानमन्त्री

  • 641
    SHARES

  • शिक्षक माथी दमनचक्र चलाउने प्रयास भयो; विद्यालय शिक्षा ऐन समयानुकूल परिमार्जन गरेर ल्याइन्छ: प्रधानमन्त्री

    भदौं, १ काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक माथी दमनचक्र चलाउने प्रयास भएको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलिले केही समय अगाडी शिक्षकहरू माथि दमन चक्र चलाइएको बताएका हुन्।

    नेपालको राजनीति परिवर्तनमा शिक्षकहरूको योगदान बुझ्दै नबुझेकाले दमन चक्र चलाइएको बताउदै प्रधानमन्त्रीले भने “नेपालका शिक्षकहरूको असाधारण भूमिका रहेको छ, दुर्गम भन्दा दुर्गम ठाउँमा पुगेर जागरण ल्याएका शिक्षक हुन् । शिक्षकहरूको सङ्घर्षको इतिहास बुझ्दै नबुझेका, नेपालको राजनीति परिवर्तनमा शिक्षकहरूको योगदान बुझ्दै नबुझेका र यदी समस्या छ भने त्यसको समाधान पनि संवादबाट मित्रतापूर्ण रूपमा गर्नुपर्छ भन्ने कुरा सोच्दै नसोचि शिक्षकहरू माथि आजको समयमा पनि एकतर्फी ढंगले दमन चक्र चलाउने प्रयास केही अगाडी मात्रे पनि भयो ।"

    त्यसैगरी उक्त कार्यक्रममामा प्रधानमन्त्री ओलिले शिक्षकहरूलाई राजनीति गर्ने आरोप लाग्ने गरेको बताउँदै त्यस प्रति चिन्तित हुन नपर्ने बताए । सरकारका सय दिनको उपलब्धिहरू हेर्दा ८ सय २५ जना शिक्षकहरूलाई घुँडा टेकाए, राजीनामा गराए, झुकाए, राजनीतिबाट अलग गराए भन्ने जस्ता कुराहरू आएको बताउँदै प्लेटोकै बेलामा मानिस राजनीतिक प्राणी हो भन्ने कुरा नबुझेको उनको आरोप छ ।

    साथै शिक्षकहरूका कुनै समस्या भए सरकार र शिक्षकसँगै भएर समस्या समाधान गर्न सकिने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले शिक्षक संगठन निर्माण हुँदाको समय देखीनै शिक्षकहरूसँग आफू जोडिएको स्मरण गर्दै शिक्षकका मागहरूका बारेमा संसदमा व्यक्तिगत रूपमा पनि लडेर सहयोग गर्दै आएको भनाई व्यक्त गरेका छन् ।

    त्यसैगरी उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले विद्यालय शिक्षा ऐन समयानुकूल परिमार्जन गरेर ल्याइने बताएका छन् । अर्थतन्त्रले धान्ने र शिक्षा क्षेत्रमा सुधार गर्ने गरी समयानुकूलको शिक्षा ऐन ल्याइने प्रधानमन्त्रीले बताए। शिक्षकहरूको जागिर घर चलाउन पनि नपुग्ने रहेको अवस्थामा पनि भवन निर्माण गरेकोमा धन्यवाद दिए । त्यसैगरी शिक्षकले सामाजिक चेतना बढाउन, समाजमा भएका विकृति हटाउन र लोकतन्त्र अराजकता होइन भनेर बुझ्न बुझाउन बौद्धिक हिसाबले शिक्षकलाई लाग्न आग्रह गरे ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार