सोमवार, भाद्र ३ २०८१
भदौ, ३ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरेको हो ।
अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता गर्न प्रचलित संवैधानिक व्यवस्था, कानुनले दिशा निर्देशक गरेको समय सीमा र संस्थागत तथा व्यवस्थापकीय पक्षलाई दृष्टिगत गरी ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना २०८१’ तयार पारिएको मन्त्रालयले जनाएको छ ।
संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरेको छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ ।
संविधानले प्रत्याभूत गरेको उक्त मौलिक हकको कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ जारी गरिएको उल्लेख गर्दै मस्यौदा सार्वजनिक गरेको छ ।
यस कार्य योजनाको मुख्य उद्देश्य कानूनले तोके बमोजिमको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु हो।
क. अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको खाका तयार गर्नु,
ख. अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि समन्वय र सहजीकरण गर्नु,
ग. विभिन्न निकायको कार्य जिम्मेवारी निर्धारण गर्नु
घ. कार्यान्वयनको अनुगमनको लागि सूचक तयार गर्नु।
https://drive.google.com/file/d/10VtOJ-NUZNUG2eOcSA6L4ADX1w3ptIWL/view?usp=drivesdk