बुधवार, भाद्र ५ २०८१
भदौ, ५ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरुमाथी भयको हस्तक्षेप र गुण्डागर्दी विरुद्ध ७ विधार्थी संगठनहरुए बिरोध जनाएका छन।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्व केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागिय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले दिएको धम्किपछि सात विद्यार्थी संगठनले एक बिज्ञपति जारि गर्दै बिरोध जनाएका हुन्।
संयुक्त विद्यार्थी संगठनको तर्फबाट त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्भ बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न विशेष माग गरेका छन ।
साथै विश्वविद्यालयको प्राज्ञिक बाताबरण बिगार्ने, प्राध्यापक, शिक्षक एव कर्मचारीमाथि दुव्र्व्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षडयन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने स्पष्ट गर्ने बताएका छन्।
सात विद्यार्थी संगठनहरुले मिति २०८१ भदौ ७ गते शुक्रबार विहान ११ बजे विवि किर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्व केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागिय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले दिएको धम्किपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कायर्यालय जान नसकिरहेको र सत्तारुढ पार्टी समर्थित ने अकर्को एक जना विद्यार्थी नेताले विश्वविद्यालयले लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकको छातीमा समातेर पछारेका जस्ता अत्यन्त अमानवीय र घृणित घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ र यि दुबै घटनाको घोर भर्त्सना एवं निन्दा गर्दछौ बिज्ञप्तिमा लेखिएको छ।
खासगरी विद्यमान सत्ता गठबन्धन बने यता विभिन्न इगोबाट विश्वविद्यालयको गरिमामाथि आंच आउने र यसको विकासमा बाधा पुग्ने अत्यन्त गलत अभ्यास, प्रवृत्ति र क्रियाकलाप दोहोरिनु आपत्तिजनक रहेको भन्दै विद्यार्थी संगठनले बिरोध जनएका छन।
सात विद्यार्थी संगठनले जारि गरिएको बिज्ञप्तिमा भनिएको छ, " नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजिनामा विएको घटना यसको पछिल्लो उदाहरण हो। सत्ता समर्थित पार्टीका भातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता घृणित कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरुले ने ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आातकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ। यो कुरालाई केही समय अघि प्राध्यापक प्रेम चलाउनेको ज्यान लिने गरी आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्नुको सट्टा झन प्रोत्साहन गरिनुले अझ प्रमाणित गर्दछ ।''
