बिहिवार, भाद्र ६ २०८१
रूकुम, ६ भदौ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

भदौ ५ गते विद्यार्थी परिषद्काे टिमले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूकाे शैक्षिक विकासमा टेवा पुर्याउने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले विद्यार्थीहरूलाई प्रत्यक विद्यार्थीहरूलाई एक थान झाेला, ५ पिस कापि, पेन, ज्यामिति बकस, विद्याल्यलाई शब्दको, अङ्ग्रेजी प्राज्ञिक बाेलिचालि पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको छ ।

वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर बुढा ,विद्यालयका प्रधानाध्यापक नरेन्द्र प्रकाश ओलि , लुम्बिनी प्रदेश सचीव मनिष बन्जाडे,लुम्बिनी प्रदेश सहव्यवस्था प्रमुख गणेश जैशी लगायत विभिन्न सामाजिक व्यक्तिहरूकाे विशेष उपस्थिति रहेको प्रदेश सचिव मानिष बन्जाडेले जानकारी दिनु भएको छ ।