मंगलवार, फाल्गुण ११ २०७७
बैतडी , पढ्न गएका छात्राहरु महिनावारी ( छाउ ) भएको बेला विद्यालय जाने गरेकोले दिनदिनै बेहोस हुन थालेको भन्दै अभिभाव र शिक्षकले क्षमापूजागर्ने तयारी गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जनाएको छ।
छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने भनिएक परीक्षा १६ गते सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो । दुई चार दिनपहिले ३ जना छात्रा बेहोस भएर काँपे तर फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै काप्न थाले । त्यसपछि लगातार सबै छात्रा काम्नथालेका छन् । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको प्रधानाध्यापक जोशिले बताए ।
केही अभिभावकले दानेश्वर नागार्जुन देवताप्रती बिश्वास गर्ने हुदा छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमापूजा गरिने भएको छ ।
यद्यपि, देउताकै कारण छात्राहरु बेहोस भएकाहुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताउनु भयो । विद्यालयमा चिकित्सको टोली पठाई दिन नगरपालिका सँग आग्रह गरिएको उहाँले बताउनुभयो ।
छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताउनुभयो । डाक्टर जोशीका अनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताउनुभयो ।
गोरखापत्र बाट