Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्रीसँग माग

विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्रीसँग माग

  • 1.5K
    SHARES

  • विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्रीसँग माग

    १४ गते काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयमा कार्यरत कर्मचारीको सुविधा वृद्धि गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी सामुदायिक विद्यालयमा कर्मचारीहरू न्यून तलबमा काम गर्न बाध्य पारिएको भन्दै सुविधा वृद्धि गर्न माग गरेका हुन् ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तीनाथ योगीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा अनुदानमा रकम थप गरिदिन आग्रह गरेका छन् ।

    “मुलुकभरका सामुदायिक विद्यालयमा सेवारत विद्यालय कर्मचारीहरूलाई नेपाल सरकाले आ.व. २०७८/०७९ देखि श्रमऐन बमोजिमको न्यूनतम पारिश्रमिक १५ हजार मासिक रूपमा उपलब्ध हुदै आएकोमा सङ्घीय अनुदान तथा स्थानीय सरकारको अनुदानमा आ.व. २०८१/०८२ देखि लागु हुने गरी कार्यालय सहयोगीको हकमा १७ हजार ३ सय र लेखापालको हकमा १७ हजार ३ सयमा थप ७ हजार स्थानीय तहको अनुदानमा यथावत् हुने व्यवस्था मिलाई दिनु हुन अनुरोध छ” पत्रमा उल्लेख छ ।

    IMG_20240830_072612.png

    images
    शुक्रवार, भाद्र १४ २०८१०८:३०:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार