Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोनले गर्यो अविभावक अभिमुखीकरण कार्यक्रम

माइलस्टोनले गर्यो अविभावक अभिमुखीकरण कार्यक्रम

  • 1.4K
    SHARES

  • माइलस्टोनले गर्यो अविभावक अभिमुखीकरण कार्यक्रम

    भदौ, १५ गते काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुलले अविभावकका लागि अभिभावक अभिमुखीकरण (Art Of paranting) कार्यक्रम आयोजना गरेको छ।

    IMG_5819.JPG

    शैक्षिक विकास र सफलताका लागि कुनै एक पक्षिय अर्थात विद्यालयको एकल प्रयासले मात्रै विद्यार्थीको सर्वाङ्गिण विकास हुन नसक्ने भन्दै नागार्जुन नगरपालिका वडा ७ मा अवथित उक्त स्कुलले विभिन्न चरणमा अभिभावक अभिमुखिकरण कार्यक्रम गरेको हो।

    IMG_5806.JPG

    कार्यक्रम स्कुलका प्रिन्सिपल शिवराम गिरीको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रशिक्षक पृतम पौडेलले अभिभावकहरुलाई अभिमुखीकरण गर्नुभयो।

    IMG_5780.JPG

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिवराम गिरिले असल विद्यार्थी उत्पादनका लागि बिद्यालय र शिक्षक मात्रै लागेर भएन, यसमा अभिभावकहरुको भूमिका पनि महत्वपूर्ण भएकोले समय अनुसार तालिम र सिप सिकाई प्रशिक्षण् चलाई रहेको बताउनुभयो। पढाईको साथसाथ विद्यालय, शिक्षक तथा अविभावकको त्रिकोणात्मक सम्बन्धलाई मजबुत बनाउन अविभावककै लागि यस प्रकारको परामर्शको कार्यक्रम राखिएको प्रिन्सिपल गिरिले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रशिक्षक पृतम पौडेलले उत्कृष्ट नतिजासंगै असल नागरिक बनाउने कार्यको शुरुआत घर घरबाट आवश्यक भएकोले असल अभिभावकको भुमिका निर्वाह गर्न अभिभावकमा सकारात्मक सोचको बिकास गर्न अभिभावक अभिमुखिकरण कार्यक्रमको आवस्यकता पर्ने बताए।

    IMG_5807.JPG

    उनले असल नागरिक बन्नका लागि अविभावकले बच्चाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी भएको बताए ।

    उनले अबका अविभावकहरु कसैको देखासिकी गर्ने र त्यो कुरा बच्चालाई सुनाउने, अरुको कटाक्ष वा आरोप मात्रै लगाउने भन्दा पनि सकारात्मक सोंचको विकास गर्ने र ज्ञानको दयारालाई फराकिलो बनाउन केहि न केहि लेख्ने, अध्ययन गर्ने बानिको विकास गर्नुपर्ने बताए । साथै बच्चाहरुले बुबाआमाको नक्कल गर्ने भएकोले उनिअरुको अगाडि नराम्रो बोल्ने, झगडागर्ने तथा धूम्रपान मध्यपान गर्न नहुने बताए।

    पारिवारीक, सांस्कृतिक घुलमिल गराउने, नम्र बोल्ने, सभ्य, सालिन, संस्कार र संस्कारसहितको शिक्षा दिने र उनीहरुको स्वाभिमानमा आँच आउने कुराहरु गर्न नहुने उनले पौडेलले बताए ।

    उक्त कार्यक्रम स्कुलका सहायक प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभयो। कार्यक्रममा इसिए इन्चार्ज बिन्दु गिरिले स्वागत मन्तव्य दिनुभयो।

    IMG_5775.JPGIMG_5800.JPGIMG_5823.JPG

    images
    शनिवार, भाद्र १५ २०८१०८:३२:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार