सोमवार, भाद्र १७ २०८१
भदौ, १७ गते काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको छ । विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।
समितिले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको सूचनामा उल्लेख छ।
योग्य उमेदवारहरुले सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनु पर्नेछ । बिस्तृत जानकारीका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ website: tu.edu.np मा उपलब्ध रहेको जानकारी दिएको छ।
