Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेसनल प्याब्सन काठमाडौको उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न ।

नेसनल प्याब्सन काठमाडौको उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न ।

  • 552
    SHARES

  • नेसनल प्याब्सन काठमाडौको उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न ।

    भदौ, १८ गते काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौ जिल्लाले उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ। विद्यार्थिहरुको सर्बाङ्गिण विकासका विभिन्न जातजाति, भाषा, धर्म, संसकृति र तिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि आयोजित लोक नृत्य प्रतियोगिता काठमाडौको कमलादीस्थित एकेडेमी हलमा भब्य रुपमा सम्पन्न भएको हो।

    IMG_6963.JPG

    कार्यक्रम नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा र विशेष अतिथि नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, लोक सांस्कृतिक विद् भैरव बहादुर थापा, एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष डम्मर बिष्ट, उपमहासचिव प्रकाश खड्का, कोषाध्यक्ष प्रताप बहादुर थापा, केन्द्रिय सदस्य मनोज श्रेष्ठ, भीष्म पाण्डे, बागमती अध्यक्ष नारायण कर्मा कार्की, काठमाडौ जिल्ला पदाधिकारी, महानगर प्रमुख तथा विभिन्न शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    औपचारिक कार्यक्रम नेशनल प्याब्सन काठमाडौ जिल्ला सचिव रामबाबु सेढाइ र सहसचिव शिवराम गिरिले संचालन गर्नुभयो । कार्यक्रमको संयोजन एनप्याब्सन काठमाडौ जिल्लाका कोषाध्यक्ष टंक बहादुर थापा गर्नुभयो ।

    IMG_7025~2.JPG

    लोक नृत्य प्रतियोगिताकोमा बोल्दै एनप्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले विद्यार्थीहरुको सर्बाङ्गिण बिकार र उनिहरुको कौसलतालाई अभिवृद्धि गर्न र पुस्तान्तरण गर्नको लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो। नेपाल लोक संस्कृतिको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल देश हो। अध्यक्ष खड्काले भन्नुभयो, "नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने र विद्यार्थीहरुलाई संस्कृति हस्तान्तरण होस भन्ने उदेश्यले लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको हो।"

    IMG_7039.JPG

    लोक नृत्य प्रतियोगितामा विशेष अतिथि तथा एनप्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एउटै मञ्चमा लोक नृत्य लिएर करिब २ हजारको संख्यामा विद्यालय स्तरका विद्यार्थीहरुले सहभागी जनाउनु नेपालको मौलिक संस्कृति जगेर्नाको लागि विशेष कार्यक्रम रहेको बताउनुभयो । साथै यस्तो कार्यक्रमले नेपालको लोक संस्कृतिको बिकास र मौलिकता पुस्तान्तरणको लागि महत्वपूर्ण योगदान दिने बताउनुभयो।

    IMG_7046.JPG

    उक्त कार्यक्रममा बिशेष अतिथी तथा लोक सांस्कृतिक विद् भैरव बहादुर थापाले लोक नेपाल संस्कृतिको धनी देश भएकोले यसलाई संसारभर चिनाउनुपर्ने भन्दै त्यसकोलागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। साथौ उहाँले मौलिक लोक संस्कृतिला जोगाउन राज्य लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    IMG_7288.JPG

    लोक नृत्य प्रतियोगितामा मिलन धर्मस्थली स्कूलले प्रथम हात पार्दै रु.२५,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। साथै मनास्लु वल्ड स्कुलले द्वितीय स्थान सहित रु. २०,००० नगद र आस्था विद्या मन्दिर , बालाजुले तृतीय स्थान हात पार्दै रु.१५,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

    IMG_7388.JPGIMG_7378.JPG त्यसैगरी प्रतियोगितामा चौथो स्थान पिक प्वाइन्ट एजुकेसन नेटवर्क, पांचौ- विपुल पाठशाला, बौद, नयाँबस्ती, छैटौं- सनफ्लावर स्कुल, सातौं- माउन्ट ग्लोरी स्कुल, आठौं- त्रिरत्न आवासिय विद्यालय, नौं- इन्टरनेशनल जोसेफ पब्लिक स्कुल र दशौं स्थान अर्किट पिपुल स्कुल हात पार्दै ट्रफी र प्रमाण हात पारे।

    IMG_7352.JPG

    लोक नृत्य प्रतियोगितामा सर्वोत्कृष्ट भेषभुषा अवार्ड मनास्लु वर्लड् स्कुले प्राप्त गर्यो भने सर्वोत्कृष्ट नृत्य निर्देशक मिलन धर्मस्थली स्कूलले प्राप्त गर्यो।

    IMG_7127.JPGIMG_7244.JPGIMG_7222.JPGIMG_7313.JPGIMG_6961.JPGIMG_6993.JPG

    images
    बुधवार, भाद्र १९ २०८१०९:३७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार