
बुधवार, फाल्गुण १२ २०७७
कंचनपुर, जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरस्थित महाकाली मावि कक्षा ६ मा अध्यानरत १४ बर्षीय छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा सोहि विद्यालय का शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेकोमा विरोधस्वरुप शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेकोको छ ।
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कञ्चनपुरद्वारा ढुंगानाविरुद्ध झुठा मुद्दा लगाएर फसाउन खोजेको सो विज्ञप्ती मार्फत दाबी गरेको छ । शिक्षक ढुङ्नालाई अनुसन्धानको लागि भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय बेलौरीले विद्यालयबाटै पक्राउ गरेको थियो ।
त्यसैगरी भीमदत्त नगरपालिका ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक खड्क सिंह विष्टले विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन खोज्दा भएको सामान्य घटनालाई अतिरन्जित गरी विद्यार्थीलाई बिनाकारण कुटपिट गरेको भन्दै मुद्दा लगाइएकोमा विरोध जनाउँदै आरोपको निष्पक्ष छानबिन गरी रिहाइ गर्न माग गरिएको छ ।
यसअघि भीमदत्त नगरपालिका मटैना स्थित बजैनाथ सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा नाथ लाइ निर्घात कुटपिट हुदा टाउकोमा चोट लागेको थियो।
हेर्नुस बिज्ञप्ति सहित !
