बिहिवार, भाद्र २० २०८१
भदौ २० काठमाडौ । त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोह (२०८१) मा भाग लिन Online आवेदन माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले बि.सं. २०८० साल आषाढ १ गतेदेखि २०८१ साल जेष्ठ ३२ गते तदनुसार सन् 15 June 2023 to 14th June 2024 सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तपा एम. फिन तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएच् डी) तह पूरा गर्नेहरूले फाराम भर्न पाउने सूचना उल्लेख गरेको छ।
आवेदन फारम भर्न इच्छुक विद्यार्थीहरुले विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बन्खुमा मिति २०८१ साल भाद्र २० गतेदेखि २०८१ साल आश्विन २३ गतेसम्म आईपुग्ने गरी रित पुऱ्याई Online आवेदन दिन सकिने छ।
आवेदन फारम भर्न त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट convocation.tuexam.edu.np मा गई Online फारम भर्न सकिनेछ । साथै २०८१ साल आश्विन २४ गतेदेखि सो Online Form बन्द हुनेछ ।
आवेदन फारम ONLINE भां आवेदन फारमका साथ एम.आर.पि. (MRP) साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको Transcript को Scan Copy अनिवार्य रुपमा Upload गर्नु पर्नेछ । Online आवेदन Submit गर्दा प्राप्त सम्पूर्ण PDF Documents Print गरी सुरक्षित राख्नु पर्नेछ।
दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भए पश्चात् गाउन स्कार्फ आदि लिन आउँदा मो Documents परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ ।
