बिहिवार, भाद्र २० २०८१
भदौ, २० काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)द्वारा उमावि शिक्षक-कर्मचारीका माग समेट्ने गरी शिक्षा ऐन जारी गर्न शिक्षामन्त्री भट्टराईलाई ध्यानाकर्षण गराएका छन । हिस्टुनले शिक्षकका पेसागत समस्या र संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक – २०८० का विषयमा ध्यानाकर्ण गराएकाे हो।
साविक उमाविका विस्थापित शिक्षकलाई पुनर्वहाली गर्ने,अस्थायी अध्यापन अनुमतिपत्रको समस्या हल गर्ने गरी प्रक्रियाअगाडि बढिरहेको, झण्डै एक वर्षदेखि तलब नपाएका कार्यरत शिक्षकलाई तलबसुविधा अविलम्ब उपलब्ध गराउनु पर्ने, करार सम्झौता नवीकरणबाट उत्पन्न समस्या, दशकौंदेखि एउटै विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीको पनि स्थायी शिक्षक सरहसरुवा हुने विषय, संघीय शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयलगायत विविध विषयमा ध्यानआकर्षण पत्र बुझाएको हिटुनका महासचिव शंकर तिवारीले बताए।
सो क्रममा शिक्षामन्त्री भट्टराई शिक्षक-कर्मचारीका समस्या समाधान गर्न तत्पर रहेकाे जानकारी पाएकाे पनि महासचिव तिवारीले बताए। तिवारीले भने,‘शिक्षाका विषयमा निरन्तर लागिरहनु भएको पायौं। आशा गरौँ, सम्भवतः शिक्षक अपेक्षा बमोजिम परिणाम आउन ढिला नहोला।’







