आइतवार, भाद्र २३ २०८१
भदौ २३ गते काठमाडौ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ एमबिबिएसको लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।
यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाउदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको छ। थप भएका कलेजमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारी) र निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सम्पन्धन पाएको छ।
आयोगका अनुसार एमबिबिएसमा सबै कलेजमा गरेर दुई हजार १४० वटा सिट निर्धारण भएको छ। त्यसैगरी उहाँले बिपिएचमा ६७०, बिएनएसमा ९८०, बिडिएसमा ५७५, बिएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको छ। समग्रमा आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको हो।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कोटा हेर्नुस् ।https://drive.google.com/file/d/1DwaCpEFZoJf4A7YWd4S30_zyzme6ikLM/view?usp=drivesdk