Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोन इन्टरनेशनल सेकेन्डरी स्कुल/कलेजले गर्यो विद्यार्थी स्वागत तथा बिदाई

माइलस्टोन इन्टरनेशनल सेकेन्डरी स्कुल/कलेजले गर्यो विद्यार्थी स्वागत तथा बिदाई

  • 1.4K
    SHARES

  • माइलस्टोन इन्टरनेशनल सेकेन्डरी स्कुल/कलेजले गर्यो विद्यार्थी स्वागत तथा बिदाई

    भदौ, २४ गते काठमाडौ । ललितपुरको ग्वार्कोमा अवस्थित माइलस्टोन इन्टरनेशनल सेकेन्डरी स्कुल/कलेजले विद्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम आयोजना गरेको छ। कलेजले आइतवार जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको बिच कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई विश्वविद्यालय तहको पढाइको शुभकामना दिदै बिदाई गरेको हो।

    IMG_7520.JPG

    कार्यक्रम स्कुल/कलेजका प्रिन्सिपल नारायण बानियाँको सभापतित्वमा प्रमुख अतिथि कलेजका संरक्षक डा. बिजय पौडेल, अध्यक्ष बटुकृष्ण थापा , कलेजका प्रशासनिक प्रमुख, शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    IMG_7512.JPG

    कार्यक्रममा कक्षा १२ कि रोजिल कोइरालाले स्वागत मन्तव्य दिइन भने कक्षा ११ कि ईशा ढकालले छोटो अनुभव सहित धन्यवाद मन्तव्य दिइन। त्यसैगरी कलेजमा कक्षा १२ पास भएर बिदाइ हुने विद्यार्थी करुणा भट्ट र रोशन राउतले माइलस्टोन इन्टरनेशनल स्कुलमा अध्ययन गर्दाको अनुभुती शेयर गरेका थिए। उनिहरुले माइलस्टोन आफ्नो ब्याक्तित्व बिकास गर्ने एउटा महत्वपुर्ण ठाउको रुपमा पाएको बताए। माइलस्टोन कलेजमा कक्षा १२ मा उत्तीर्ण भएका दुई जना विद्यार्थी युवराज भट्ट र समिर अधिकारीले यस बर्षको MBBS इन्ट्रान्समा समेत नाम निकाल्न सफल भएका छन।

    IMG_7563.JPG

    IMG_7548.JPG

    शुभकामना मन्तव्य दिने क्रममा कलेजका प्रिन्सिपल नारायण प्रसाद बानियाँले कलेजले भविष्यमा व्यावहारिक विधिमा आधारित भएर शिक्षण विधि अपनाउने बताउनुभयो । उहाँले कलेजको मुल नारा नै "Follow your dream" रहेकोले विद्यार्थीहरुलाई आफ्नो सपना पूरा गर्न मिहेनत गर्नुपर्ने बताउनुभयो ।

    IMG_7587~2.JPG

    मन्तव्यकै क्रममा हिमालय फाउन्डेसन तथा कलेजका अध्यक्ष बटुकृष्ण थापाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ पास आउट भएका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी शुभकामना दिनुभयो। साथै भौतिक रुपमा सम्पन्न रहेको कलेजमा विद्यार्थीहरुको आवस्यकता अनुरुप पठनपाठनमा लागिपर्ने अध्यक्ष थापाले बताउनुभयो ।

    IMG_7601~2.JPG

    त्यस्तै मन्तव्यकै क्रममा कलेजका संरक्षक डा. बिजय पौडेलले विद्यार्थीहरुलाई शुभकामना दिनुभयो। उक्त कार्यक्रमको औपचारिक सत्रको संचालन नेपाली शिक्षक माधव भुसालले गर्नुभयो।

    IMG_7603~3.JPG

    स्वागत तथा बिदाइ कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति परम्परा झल्किने किसिमका नृत्य, तथा गायनहरु प्रतुत गरेका थिए।

    IMG_7557.JPGIMG_7558.JPGIMG_7621.JPGIMG_7630.JPGIMG_7636.JPGIMG_7638.JPGIMG_7644.JPGIMG_7653.JPGIMG_7671.JPGIMG_7676.JPG

     

    images
    सोमवार, भाद्र २४ २०८१०७:४१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार