Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान इन्टरनेशल कलेजले यसै वर्षबाट बिएस्सी सिएसआइटी र बीए.एलएलबी पढाउने।

सान इन्टरनेशल कलेजले यसै वर्षबाट बिएस्सी सिएसआइटी र बीए.एलएलबी पढाउने।

  • 1.2K
    SHARES

  • सान इन्टरनेशल कलेजले यसै वर्षबाट बिएस्सी सिएसआइटी र बीए.एलएलबी पढाउने।

    काठमाडौं, २५ भदौ । काठमाडौको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेज भौतिक रुपमा सुविधासम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई अवलम्बन गरको छ ।

    बिगत २५ बर्ष देखि सञ्चालनमा रहेको सान इन्टरनेशनल कलेज 'Equips One for Life' भने मुल मन्त्रका साथ नैकापमा आफ्नै भौतिक संरचनामा नयाँ ब्यबस्थापन सहित संचालन भईरहेको छ। 

    यससंगै सान इन्टरनेशनल कलेजले यसै बर्षदेखि स्नातक तहमा बिज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिएस्सी सिएसआइटी (BSc.CSIT) र कानुन संकायअन्तर्गत बिएएलएलबी (BALLB) पढाउने स्वीकृति पाएको छ । सान इन्टरनेशल कलेजले राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै यसै बर्षबाट BSc.CSIT र BALLB पठनपाठन गर्ने स्वीकृति प्राप्त गरेको हो।

    FB_IMG_1725961716572.jpg

    सान कलेजले BSc.CSIT मा ४० जना र BALLB मा ४० जना विद्यार्थी पढाउने कलेजका कार्यकारी निर्देशक कर्ण बहादुर शाहिले बताउनुभयो । SANN कलेज नेपालको B.Sc. Biotechnology पढाई हुने एकमात्रै कलेज जहाँ ८ वटा ल्याब संचालनमा रहेको निर्देशक शाहिले बताउनुभयो ।

    FB_IMG_1725959536125.jpg

    यसकलेजले संस्कार सहितको व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको निर्देशक शाहिको भनाइ छ।

    यसैगरी सान इन्टरनेशलले कलेजमा स्नातक तहमा BBA, BSc. Biotechnology, र स्नातकोत्तर तहमा MBA समेत पठनपाठन हुने गरेको छ। साथै कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय पठनपाठन गरिरहेको छ।

    images
    मंगलवार, भाद्र २५ २०८१०३:२३:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार