Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविले कक्षा १२ को रिजल्ट अगावै स्नातक भर्ना भएका र विश्वविद्यालय भर्ना अगावै परीक्षा दिएका विद्यार्थीलाई समकक्षता नदिने

त्रिविले कक्षा १२ को रिजल्ट अगावै स्नातक भर्ना भएका र विश्वविद्यालय भर्ना अगावै परीक्षा दिएका विद्यार्थीलाई समकक्षता नदिने

  • 1.0K
    SHARES

  • त्रिविले कक्षा १२ को रिजल्ट अगावै स्नातक भर्ना भएका र विश्वविद्यालय भर्ना अगावै परीक्षा दिएका विद्यार्थीलाई समकक्षता नदिने

    भदौ २५, काठमाडौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को रिजल्ट अगावै स्नातक भर्ना भएका र विश्वविद्यालय भर्ना अगावै परीक्षा दिएका विद्यार्थीलाई समकक्षता नदिने भएको छ।

    त्रिवि शिक्षाध्यक्षको कार्यलयले एक सूचना जारी गर्दै विदेशस्थित विभिन्न विश्वविद्यालय एवं शिक्षण संस्थामा अध्ययन गरि उपाधि लिई आएका मध्ये कक्षा १२ को परीक्षाफल प्रकाशन अगावै स्नातक तह भर्ना भएको, विश्वविद्यालयमा भर्ना नहुदै पहिलो सेमेष्टरको परीक्षामा सहभागी भएको, तोकिएको समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एक भन्दा बढी सेमेष्टरको परीक्षा दिएको उपाधिलाई समकक्षता नदिने भएको हो ।

    साथै ४ वर्ष ८ सेमेष्टरको कोर्ष ३.५ वर्ष वा सो भन्दा कम अवधिमा उपाधि प्रदान गरेको, एकै वर्षमा ३ वा सो भन्दा बढी नियमित सेमेष्टर परीक्षा लिएको समेत भेटिएकाले त्यस्ता उपाधिको समकक्षता दिन नसकिने विश्वविद्यालयले जनाएको छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1725980345321.jpg

    images
    मंगलवार, भाद्र २५ २०८१०८:५९:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार