मंगलवार, भाद्र २५ २०८१
भदौ, २५ गते काठमाडौ । बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयबाट चार जीपीए प्राप्त गर्ने १७ जना विद्यार्थीलाई संविधान दिवसको अवसरमा पुरस्कारसहित सम्मान गर्ने भएको छ। २०८० सालको एसइइमा बागमती प्रदेशका सामुदायिक विद्यालयबाट चार जीपीए प्राप्त गर्ने १७ जना विद्यार्थीलाई शिक्षा विकास निर्देशनालयले नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो।
संविधान दिवस २०८१ को अवसरमा बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयबाट शैक्षिक शत्र २०८० को एसइइ परीक्षामा सहभागी भइ सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम भएको हुदाँ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले उपलब्ध गराएको विवरणका आधारमा सर्वोत्कृष्ट औषत् जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको नाम प्रकाशन गरिएको निर्देशनालयले पठाएको पत्रमा भनिएको छ।
साथै उक्त विद्यालयका विद्यार्थीहरुको विवरण फरक परेमा वा अन्य विद्यालयका विद्यार्थीहरु समावेश हुने देखिएमा सम्बन्धित विद्यालयहरूले प्रमाण सहित मिति २०८९।०५।२९ गते भित्र दावी विरोध पेश गर्नुहुन यो यो सूचना प्रकाशन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ।
निर्देशनालयले जारी गरेको पत्र अनुरुप सम्मान सहित पुरस्कार पाउनेमा काठमाडौको त्रिपुरेश्वमा अवस्थित बिश्वनिकेतन माविका ५ जना, कलंकी बाफलमा अवस्थित ज्ञानोदय माविका ४ जना, रत्नराज्य मावी बानेश्वरका दुई जना, मन्थली मावी मन्थली रामेछापका १ जना, पृथ्वी मावी बिदुर नुवाकोटका १ जना, तरुण मावी बालाजु १ जना, पृथ्वीमावी तारकेश्वर १ जना, बालकुमारी कन्या मावी नारायणघाट र चितवन मावी भरतपुर चितवनका एक/एक जनागरि १७ जाना विद्यार्थीहरुले नगद पुरस्कार सहित पुरस्कार पाउने भएका छन्।
यस्तो छ विद्यालय र विद्यार्थीहरुको नाम सहितको सूचना ।
