शुक्रवार, भाद्र २८ २०८१
भदौ, २८ गते काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन छिटो जारी गर्न पहल गरेको बताएकी छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० लाई ऐनको रूपमा चाँडै जारी गर्न आफुले पहल गरिरहेकी बताएकी हुन्।
एक कार्यक्रममा शिक्षाविद् तथा विज्ञहरूसँगको छलफलमा बोल्दै मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनका र शिक्षा ऐन ल्याउन आफूले प्रधानमन्त्रीसहितलाई समेत रिझाउदै पहल गरिरहेको दिएको बताएकी छन्। मन्त्री भट्टराईले भनिन्,‘विद्यालय शिक्षा ऐनले धेरै कुरा रोकेको छ। शिक्षा ऐन नआउने परिस्थिति बनिसकेको थियो। बारम्बार ऐन बन्नुपर्छ भनेर म लागिरहेकी छु। त्यसैअनुसार अगाडि बढेको पनि छ।’
साथै भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बने पनि त्यसलाई लागू नगरिएकाले भएका ऐनलाई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गरिन्।