शनिवार, भाद्र २९ २०८१
भदौ, २८ गते काठमाडौ । एड-मार्क एकेडेमी/कलेजद्वारा विद्यार्थीलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। एड-मार्कले कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास आउट विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम एड-मार्क एकेडेमी/कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. धुर्वराज पोखरेल प्रमुख अतिथि रहनुभयो। स्वागत कार्यक्रमा एड-मार्क स्कुल/कलेजका प्रिन्सिपल शिव प्रसाद अधिकारी, साहयक प्रिन्सिपल प्रकाश लम्साल, बोर्ड मेम्बर माधव प्रसाद उप्रेती, दिपक अधिकारी लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम कलेजका कोर्डिनेटर बलराम गैरेले सञ्चालन गर्नुभयो।

उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा १२ कि बिनिता घिमिरेले स्वागत मन्तव्य दिइन भने कलेजको तर्फबाट सहायक प्रिन्सिपल प्रकाश लम्सालले स्वागत मन्तव्य दिनुभयो ।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई कक्षा १२ मा तिरेको सम्पुर्ण शुल्क फिर्ता गरेको थियो। कलेजले ३.६ जिपिए भन्दा माथी नतिजा ल्याउने विद्यार्थीको कक्षा १२ मा तिरेको सम्पुर्ण रकम फिर्ता गरेको थियो। भने यस क्रियाकलापबाट विद्यार्थीहरु अत्यन्तै उत्साहित समेत भएका थिए।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रा.डा. धुर्वराज पोख्रेलले विद्यार्थीहरुलाई मिहेनत गरेर पढ्नको लागी सुझाव दिनुभयो।
कार्यक्रममा प्रीन्सिपल शिव प्रसाद अधिकारीले मन्तव्य दिनुभयो । उहाँले विद्यार्थीहरुको आगामी भविष्य उज्ज्वल रहोस भन्दै निरन्तर मिहेनतले मानिसहरु गन्तब्यमा पुग्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कुनै पनि बिधा आफैमा कमजोर नहुने विद्यार्थीहरुको आफ्नो मिहेनत र आर्जन गरेको ज्ञान् अनुसार त्यसको महत्व फरक हुने बताउनुभयो। साथै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई उच्च -शिक्षा अध्ययनको लागी सफलताको शुभकामना दिनुभयो ।

स्वागत कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम अधिकारीले न्युनतम शुल्कमा उच्च शिक्षाको पहुच निर्माण गर्ने एड-मार्क कलेज उत्कृष्ट रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्ने ठाँउमा स्कुल/ कलेज कहि नचुक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरेका थिए।



