Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि दरखास्त आह्वान

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि दरखास्त आह्वान

  • 925
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि दरखास्त आह्वान

    भदौं, ३० गते काठमाडौ। मध्यपश्चिम विश्वविद्यालयले रजिस्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले रजिस्ट्रार पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता र मापदण्ड पुगेका योग्य नेपाली नागरिकद्वारा प्रथम पटक सूचना प्रकाशित भएको १० दिन अर्थात असोज ८ गतेभित्र दर्खास्त दिन आह्वान गरिएको छ।

    दर्खास्त दिनका लागि शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेको, मान्यता प्राप्त विश्वविद्यालयका प्राध्यापक वा कम्तीमा दस वर्ष सेवा गरि सह–प्राध्यापक हुनुपर्ने, योग्यता र मापदण्डहरू खुलाइएको वैयक्तिक विवरण पेश गर्नुपर्ने, बढीमा तीन हजार शब्द सम्मको विश्वविद्यालय सुधार सम्बन्धी अवधारणा पत्र पेश गर्नुपर्ने योग्यता र मापदण्ड उल्लेख गरेको छ ।

    साथै मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति हुने व्यवस्था अनुसार इच्छुक व्यक्तिहरूले निवेदन सहित उल्लिखित योग्यता र मापदण्डहरूको स्क्यान प्रति इमेल ठेगाना apply.registrar@mu.edu.np मा पठाई दरखास्त दिन सकिने जनाएको छ ।

    यस्तो छ सूचना ।

    IMG_20240915_064334.png

    images
    आइतवार, भाद्र ३० २०८१०६:५६:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार