सोमवार, भाद्र ३१ २०८१
भदौ, ३१ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन गरेको छ। आयोगको मिति २०८१ भदौ २६ को निर्णयानुसार निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित मिति २०८१ भदौ ३१ गतेदेखि असोज २९ गते रात को १२:०० बजे सम्म सिङल दस्तुर र कार्तिक ६ गते सम्म रातको १२.०० बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त पेश गर्न सकिने छ।
आयोगका अनुसार म्यादभित्र दाखिला नभएको र रीतपूर्वक पेश नगरिएको दरखास्त उपर कुनै कारबाही हुनेछैन। झुट्ठा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्नेछ।
सूचना तथा विज्ञापनको विस्तृत विवरण वेबसाइट https://tsc.gov.np/ डाउनलोड/सूचना/विज्ञापन Tab बाट प्राप्त गर्न सकिनेछ ।
