Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकको माग गर्दै विद्यार्थी सडकमा

शिक्षकको माग गर्दै विद्यार्थी सडकमा

  • 452
    SHARES

  • शिक्षकको माग गर्दै विद्यार्थी सडकमा

    असोज, २ गते रौतहट । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले प्रदर्शन गरेको छ। रौतहटको गौरमा आयोजित प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।

    विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए । साथै उनले मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए।

    बिरोध प्रदर्सनमा विद्यार्थीहरुले प्रधानमन्त्री र शिक्षामन्त्रीको विरुद्ध नाराबाजी गर्दै विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका थिए ।

    images
    बुधवार, आश्विन २ २०८१०६:५४:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार