Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलले मनायो 'ग्र्यान्ड प्यारेन्टस् डे'

काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलले मनायो 'ग्र्यान्ड प्यारेन्टस् डे'

  • 448
    SHARES

  • काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलले मनायो 'ग्र्यान्ड प्यारेन्टस् डे'

    असोज, ४ गते बिहीवार । काठमाडौ बर्नहार्ट स्कुलले Grandparents' Day (हजुरबा, हजुरआमा दिवस) मनाएको छ। बिहिबार एक कार्यक्रमका बिच नर्सरी देखि कक्षा ५ सम्मका बालबालिकाहरुको हजुरआमा र हजुरबुबाहरुको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो।

    IMG_9083~2.JPG

    उक्त कार्यक्रममा उपस्थित हजुरबा, हजुरआमाहरु आफ्नो नाति नानिनाहरुको प्रस्तुति देखेर अत्यन्तै खुशी देखिएका थिए। साथै उनिहरु अत्यन्तै भाबुक भएका थिए। प्राय बिरलै आफ्नो नातिनातिना संग देखिने हजुरबा, हजुरआमाहरुले आफ्नो नातिनातिनाहरुको तस्बिर खिच्ने साथै भिडियो बनाउने कार्य समेत गरेका थिए।

    IMG_9104~2.JPG

    कार्यक्रममा बोल्दै प्रिन्सिपल अमृतबाबु भट्टले बालबालिकाहरु हजुरबा, हजुरआमा संग बस्न पाउनु सबैभन्दा ठुलो सौभाग्यको कुरा भएको बताउनुभयो । ऐतिहासिक भेसभुसा तथा संस्कृतिक कुराहरु सिक्नको लागि हजुरबा, हजुरआमाहरु प्रेरणाको स्रोत बन्नसक्ने भन्दै बालबालिकाहरूले संस्कार सहितको शिक्षा र ब्यबहारिक शिक्षा सिक्ने अवसर मिल्ने बताउनुभयो ।

    IMG_9122.JPG

    उहाँले अभिभावकहरुले बालबालिकाहरुलाई धेरै समय दिनुपर्ने भन्दै बालबालिकाहरुलाई रिसाएर वा निरुत्साहित गरेर होइन, हौसला दिएर प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा अभिभावकहरु मध्यबाट प्राध्यापक डा. दिलिप कुमार झाले आफ्नो मन्तव्य राख्नुभयो। उहाँले बालबालिकाहरुको लागि हजुरबा, हजुरआमा दिवस अर्थात भेला कार्यक्रमले आफुलाई खुशी लागेको बताउनुभयो ।

    IMG_9174.JPG

    परिवारिक संस्कृतिमा हजुरबा, हजुरआमाहरुको धेरै ठूलो भुमिका रहने भन्दै झाले हजुरबा, हजुरआमाले बालबालिकाहरुलाई ब्यबहारिक शिक्षा दिन सक्षम हुने धारणा व्यक्त गर्नुभयो। साथै बिदेश पलायन हुने प्रवृत्ती रोक्न हजुरबा, हजुरआमाको भुमिका धेरै हुने बताउनुभयो । उहाँले अहिले बालबालिकाहरुलाई तनाव रहित शिक्षाको आवस्यकता रहेको समेत बताउनुभयो ।

    IMG_9186.JPG

    उक्त कार्यक्रम स्कुलकी इन्चार्ज सबिता अमात्यले संचालन गर्नुभयो। भने उक्त कार्यक्रममा बालवालिकाहरुले आफ्नो हजुरबा हजुरआमाहरुको लागि विभिन्न संस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए। भने आफै कार्यक्रम संचालन समेत गरेका थिए।

    उक्त कार्यक्रममा बर्नहार्ट स्कुल/कलेजका अध्यक्ष भुपेश छत्कुली, प्राचार्य अमृत बाबू भट्ट, प्रशासन प्रमुख रामचन्द्र थापा लगाएत स्कुल कोर्डिनेटर तथा शिक्षक अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG_9051~2.JPG

    images
    शुक्रवार, आश्विन ४ २०८१०८:१६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार