शुक्रवार, आश्विन ४ २०८१
असोज ४ गते इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ । पालिकाले नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको हो।
नगर प्रमुख केदार भण्डारीका अनुसार नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो । दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई माथिल्लो कक्षामा पठन सहजताका लागि साइकल वितरण गरेको भण्डारीले बताउनुभयो ।
साइकल पाएपछि विधार्थी खुसी भएका छन् । साइकल वितरण कार्यक्रममा नगर उपप्रमुख विनितकुमारी मेहता समेतको उपस्थिति थियो ।