Jul 27 2026 | २०८३, श्रावण ११ गते

केन्द्रले माग्यो बुटक्याम्प सञ्चालनका लागि निवेदन ।

केन्द्रले माग्यो बुटक्याम्प सञ्चालनका लागि निवेदन ।

  • 792
    SHARES

  • केन्द्रले माग्यो बुटक्याम्प सञ्चालनका लागि निवेदन ।

    असोज, ७ गते काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले बुटक्याम्प सञ्चालनका लागि निवेदन माग गरेको छ। केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई बुटक्याम्प सञ्चालनका लागि निवेदन माग गरेको हो।

    बुटक्याम्प (सघन आवासीय तालिम) लिन इच्छुक बालविकास शिक्षकबाट नियुक्ति मिति, यसपूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरणसहित यही असोज १० गतेभित्र निवेदन माग गर्न र यसरी प्राप्त हुन आएको निवेदनको विवरण असोज १५ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ।

    सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन निवेदन दिनेहरूको विवरण प्राप्त भएपछि सो आधारमा जिल्लाको समष्टिगत विवरण तयार गरी राख्न पनि शाखा अधिकृत धनसूदन चौलागाईंले अनुरोध गरेका छन्।

    IMG_20240923_212507.png

    images
    सोमवार, आश्विन ७ २०८१०९:५५:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार