मंगलवार, आश्विन ८ २०८१
असोज, ८ काठमाडौं। त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने भएको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै २०५८ पछिका परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।
साथै परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने समेत विश्वविद्यालयले जानकारी दिएको छ ।
असोज ७ गते त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग के. सी. को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ ।
यस्तो छ सूचना ।
