बिहिवार, फाल्गुण १३ २०७७
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।
हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास क्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले भन्नुभयो, विद्यालयले ज्ञानसँगै सीपसमेत सिकाउदै श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिए विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्न सकिने बताए ।
प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नुे पौडेलको भनाइ थियो ।