Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • 779
    SHARES

  • काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    असोज, ९ गते काठमाडौ । काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन’ हुँने भएको छ। काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१ साल असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुन लागेको हो।

    समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहने अन्तर्राष्ट्रिय संस्था MELOW सन् १९९७ मा स्थापना भएको विद्वत्-सञ्जाल हो । जसको अध्यक्ष भारतकी प्रा. मञ्जु जाइड्का हुनुहुन्छ रहेको बताइएको छ।

    ‘मेलो (MELOW)’ सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ जानकारी दिइएको छ। साथै यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ।

    सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन्। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल (Panel Discussion) विशेष आकर्षणका रूपमा रहनेछन्।

    प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ। सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिनेछन्।

    सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ। यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्ध र विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिने बताइएको छ।

    त्यसैगरी यस्ता सम्बन्धहरूलाई नयाँ दृष्टिकोणबाट पुन: समीक्षा गर्न समेत यो सम्मेलनले उत्प्रेरित गर्नेछ। ‘मेलो (MELOW) अन्तर्राष्ट्रिय सम्मेलन’ले देश-विदेशमा रहनुहुने विद्वानहरूलाई छलफलमा समेटेर नयाँ प्रवृत्तिहरूबीच देखापर्ने बौद्धिक जिज्ञासा, अन्तरक्रिया र बहसको संस्कृति विकास गर्दै विद्यमान विचारधारा र साहित्यिक सिद्धान्तहरूको दायरालाई मजबुत बनाउने विश्वास लिइएको छ।

    images
    बुधवार, आश्विन ९ २०८१०७:०९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार