बिहिवार, आश्विन १० २०८१
असोज, १० गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसलाई नयाँ कार्यक्रम थप गर्ने आवेदन माग गरेको छ।
त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा नयाँ कार्यक्रम थप गर्न यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धित डीन कार्यालयहरुमा आवेदन दिन त्रिवि कार्यकारी परिषद्को मिति २०८१ असार २९ गतेको निर्णयानुसार सुचित गरेको छ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुलाई नयाँ कार्यक्रम थप गर्ने सम्बन्धमा QAA प्राप्त गरि समयसिमामा रहेका वा पुनः प्रत्यायन प्रकृयामा गई दोश्रो तेश्रो चौथो चरणमा स्वअध्ययन प्रतिवेदन (SSR) स्वीकृत भइसकेका क्याम्पस/कलेजहरुका लागि यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धित डीन कार्यालयहरुमा आवेदन गर्न त्रिवि कार्यकारी परिषद्को मिति २०८१/०३/२९ गतेको निर्णयानुसार सूचित गरिन्छ विश्वविद्यालयले जारी गरेको सुचनामा उलेख छ।
