बिहिवार, आश्विन १० २०८१
असोज १० गते, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका हुन्।
यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए ।
‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्, एक विद्यार्थी भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’
‘नियम छैन भने परीक्षामा सहभागी किन गराइयो ?’ त्यसैले ट्रान्स्कृप्ट नपाएका सबै विद्यार्थीहरुलाई ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउनुपर्छ ती विद्यार्थी भन्छन् ।