Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारले गर्यो हाल चलिरहेका सबै परीक्षाहरू स्थगित

सरकारले गर्यो हाल चलिरहेका सबै परीक्षाहरू स्थगित

  • 629
    SHARES

  • सरकारले गर्यो हाल चलिरहेका सबै परीक्षाहरू स्थगित

    काठमाडौं, १२ असोज । नेपाल सरकारले वर्षाका कारण विद्यार्थीहरुलाई आवत- जावत गर्न गाह्रो हुने भन्दै हाल हुने भनिएका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हाल चलिरहेका सबै परीक्षाहरू स्थगित गरिएको निर्णय गरेको बताए।

    प्रबक्ता गुरुङका विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा ध्यान दिनुपर्ने भएकाले प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठक बोलाई यस्तो निर्णय गरेको बताए। मन्त्री गुरुङका अनुसार विपद्मा परेर घाइतेहरू भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने समेत बताए ।

    त्यस्तै, विपद्मा परी निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियमअनुसार प्रदान गरिने मन्त्री गुरुङले बताए ।

    images
    शनिवार, आश्विन १२ २०८१०६:०१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार