शनिवार, आश्विन १२ २०८१
असोज, १२ गते काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले मनसुनजन्य विपदका कारण विद्यालयमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भन्दै भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न अनुरोध गरेको छ। मन्त्रालयले लगातारको झरीले आउन सक्ने विपत्तिलाई ध्यानमा राख्दै देशभरका सम्पूर्ण स्थानीय तहहरूलाई भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न अनुरोध गरेको हो।
मिति २०८१ असोज ११ देखि देशभर भएकी अविरल वर्षावाट विभिन्न स्थानमा भौतिक र मानवीय क्षतिका विवरण आइरहेका भन्दै देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेको र विपदको यस दुःखद घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आम नागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद व्यवस्थापनमा जुट्न कार्यबाहक प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज बसेको विपदसम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको छ। साथै उक्त बैठकले हाललाई विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सज्वालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको हुँदा सोबमोजिम गर्नुहुन अनुरोध छ मन्त्रालयले जारिगरिएको सुचनामा उल्लेख गरेको छ।
साथै विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ मन्त्रालयले जारिगरेको सुचनामा उल्लेख छ।
त्यसैगती शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन अनुरोध गरेको छ।
