आइतवार, आश्विन १३ २०८१
असोज, १३ गते काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी,पहिरो र डुबानबाट विद्यालयमा भएको क्षतिको विवरण संकलन कार्य अगाडी बढाएको छ। बिहीबारदेखि देशभर अविरल वर्षाका कारण बाढी,पहिरो र डुबानबाट विद्यालयमा क्षतिको विबरण संकलन कार्य अगाडि बढाएको हो।
शिक्षा मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव नारायण प्रसाद पोख्रेलका अनुसार मन्त्रालयले देशभरका विद्यालयमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिए।
साथै शिक्षा मन्त्रालयले अविरल वर्षाका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढीपहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण तीन दिन विद्यालय बिदा समेत दिएको छ।

