बिहिवार, आश्विन १७ २०८१
काठमाडौको शंखमुलमा अवस्थित नेरिक एकेडेमीका विधार्थी, शिक्षक र कर्मचारीको सहकार्यमा दशै उत्सव सम्पन्न मनाएको छ। दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन तथा घटस्थापनाको अवसर पारेर दशै उत्सव मनाएको हो।

उक्त कार्यक्रममा स्कुलले विधार्थीहरुलाई जमरा रोप्ने विधि र यसमा प्रयोग हुने विउ विजन बारे जानकारी दिएको थियो भने तत्पश्चात विद्यार्थी शिक्षकहरुद्वारा हस्तनिर्मित चंगा वितरण गर्दै दशै, तिहार छठ र नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान गरेको थियो।

कार्यक्रममा आफ्नो धर्म , संस्कृति, रितीरिवाज जगेर्ना गर्न नेरिक एकेडेमीका सम्पूर्ण शिक्षक शिक्षिकाको योगदानको प्रशंसा गर्दै विधालयका प्रधानाध्यापक मिलन कॅडेलले शिक्षक शिक्षिका र विद्यालय सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्दै दशै शुभकामना व्यक्त गर्नुभयो।
