बुधवार, कार्तिक २१ २०८१
कार्तिक, २१ गते काठमाडौ । शिक्षक सेवा आगोगको सबै तह र श्रेणिको २५% आन्तरिक बढुवाको लिखित परीक्षा २०८१ को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ।
आयोगबाट मिति २०८१/०४/३२ गते प्रकाशित २५ प्रतिशत आन्तरिक बडुवाको लिखित परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त पोर्टल https://online.tsc.gov.np/ बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email Address र Password बाट Login गरी "दरखास्त पेश गरेको विवरण" मा Click गरी पुनः "View" मा Click गरेर "प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस" बाट डाउनलोड गरी प्रिन्ट गर्न सक्ने छन्।
प्रवेशपत्रको प्रतिलिपि यस आयोगबाट दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र साथमा लिएर आउन समेत आयोगले जानकारि दिएको छ।
यदि आफ्नो Email address Password बिर्सिएको अवस्थामा शिक्षक सेवा आयोगको दरखास्त पोर्टलमा दिइएको निर्देशन अनुसार गर्नु हुन जानकारी गराइन्छ ।
