Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक तथा कर्मचारीलाई अब आवश्यकताका आधारमा थप सुविधा दिने

शिक्षक तथा कर्मचारीलाई अब आवश्यकताका आधारमा थप सुविधा दिने

  • 570
    SHARES

  • शिक्षक तथा कर्मचारीलाई अब आवश्यकताका आधारमा थप सुविधा दिने

    काठमाण्डौं/१४ फागुन– सरकारले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई थप सेवा र सुविधा दिने तयारी गरेको छ ।
    शिक्षा नीति अनुसार अब दुर्गम क्षेत्रका विद्यालयहरुमा काम गर्ने शिक्षक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा थप सेवा तथा सुविधा दिने तयारी थालेको हो ।
    गत वर्ष २५ मंसिरमा प्रकाशित भएको राष्ट्रिय शिक्षा नीति २०७६ मा दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्थालाई क्रमशः लागू गर्दै लैजाने भनेर शिक्षा नीतिमा उल्लेख छ ।
    त्यस्तै, सबै सामुदायिक तथा सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन, शिक्षालाई प्रभावकारी बनाउन विद्यार्थी तथा शिक्षकको अनुपात हेरी देशभरीका सबै विद्यालयमा पाँच वर्ष भित्र नै योग्य, दक्ष र स्वःउत्प्रेरित विषय शिक्षकको व्यवस्था गरिने समेत राष्ट्रिय शिक्षा नीतिमा उल्लेख गरिएको छ ।

    खबर एजुकेशन 

    images
    शुक्रवार, फाल्गुण १४ २०७७०८:५७:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार