आइतवार, कार्तिक २५ २०८१
कार्तिक, २५ गते। शिक्षक सेवा आयोगको मिति २०८१ मंसिर १५ गते संचालन हुने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिखित परीक्षा-२०८१ को प्रवेश पत्र प्रिन्ट गर्न सकिने भएको छ।
शिक्षक सेवा आयोगबाट मिति २०८१ साउ ३२ गते प्रकाशित निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको प्रवेश पत्र प्रिन्ट गर्न सकिने भएको हो।
निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त फाराम भर्ने उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त पोर्टल https://license.tsc.gov.np बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email Address Password बाट Login गरी "दर्खास्त पेस गरेको विवरण" मा Click गरी पुनः "View" मा Click गरेर "प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस" बाट डाउनलोड गरी प्रिन्ट गर्न सकिने जानकारी दिएको छ।
प्रवेशपत्रको प्रतिलिपि शिक्षक सेवा आयोगबाट दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा अनिवार्य स्पमा प्रवेशपत्र साथमा लिए आउन समेत समेत सुचित गरेको छ।
