आइतवार, कार्तिक २५ २०८१
कार्तिक, २५ गते काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (२०७९-२०८८) जारी गरेको छ। विद्यालय शिक्षा क्षेत्र योजना गुणस्तरीय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पाहुँच सुनिश्चित गर्ने नेपालको दीर्घकालीन रणनीतिक योजना हो।
विद्यालय शिक्षा क्षेत्र योजना (२०७९-२०८८) ले विद्यालय शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका विकासका प्रयास, प्रतिवद्धता र आवश्यकतालाई दृष्टिगत गरी मुलुकको विद्यालय शिक्षा क्षेवलाई स्पष्ट मार्गचिव प्रदान गर्ने बिश्वास लिइएको छ।
विद्यालय शिक्षा क्षेत्र योजनामा शैक्षिक विकासको सन्दर्भ, दीगो विकास लक्ष्य, विद्यालय शिक्षाका प्रमुख चुनौती, विद्यालय शिक्षा क्षेत्रका अवसर, दूरदृष्टि ध्येय तथा उद्देश्य, विद्यालय शिक्षाका उपक्षेत्र, प्रारम्भिक बाल शिक्षा तथा विकास, वर्तमान अवस्था तथा चुनौती, आधारभूत शिक्षा, माध्यमिक शिक्षा,पाठ्यक्रम र मूल्याङ्ग जस्ता विषयहरू समेटिएका छन्।
। यसका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारका सबै तहको संस्थागत क्षमतालाई निरन्तर सुदृढ गर्दै संबैधानिक व्यवस्थाअनुसार पारस्परिक सहयोग, समन्वय र सहअस्तित्व कायम गर्दै योजनाको कार्यान्वयन गर्ने बताइएको छ।
विद्यालय शिक्षा क्षेत्र योजनाले विद्यालय शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका विकासका प्रयास, प्रतिवद्धता र आवश्यकतालाई दृष्टिगत गरी मुलुकको विद्यालय शिक्षा क्षेवलाई स्पष्ट मार्गचिव प्रदान गर्छ। यस योजनामा समावेश गरिएका दूरदृष्टि, ध्येय तथा उद्देश्यहरूको प्राप्तिका लागि तय गरिएका रणनीति तथा कार्यक्रमहरुको कार्यान्वयन विभिन तहका सरकार, क्षेत्र र निकायबिच समन्वय र सहकार्यको कार्य ढाँचाभिव बसेर गर्नुपर्ने हुन्छ। यसका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारका सबै तहको संस्थागत क्षमतालाई निरन्तर सुदृढ गर्दै संबैधानिक व्यवस्थाअनुसार पारस्परिक सहयोग, समन्वय र सहअस्तित्व कायम गर्दै योजनाको कार्यान्वयन गर्ने छ योजनामा उल्लेख छ।