Jul 27 2026 | २०८३, श्रावण ११ गते

आंशिक प्राध्यापकलाई करार बनाउन त्रिविद्वारा कार्यदल गठन

आंशिक प्राध्यापकलाई करार बनाउन त्रिविद्वारा कार्यदल गठन

  • 614
    SHARES

  • आंशिक प्राध्यापकलाई करार बनाउन त्रिविद्वारा कार्यदल गठन

    कार्तिक, २६ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूलाई करार बनाउ कार्यदल गठन गरेको छ।

    विश्वविद्यालयले त्यसका लागि प्रा.डा. योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय स्थलगत अध्ययन टोली गठन गरेको गो। उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने विश्वविद्यालयले जनाएको छ ।

    यसअघि साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले ६२ वटै आङ्गिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

    शिक्षाध्यक्षको कार्यालय अनुसार सो टोलीले त्रिविका ६२ ओटै आगिक क्याम्पस, केन्द्रीय विभागहरुमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले त्रिवि नियमानुसार पूर्ण कक्षाभार लिई बांकी रहेको कक्षाभार त्रिविको नियमित कार्यक्रमका विषयमा मात्र जेष्ठता, योग्यता निरन्तरता औचित्यता समेतका आधारमा विविको स्वीकृत रिक्त दरबन्दीमा करार सेवामा शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि कार्यादेश सहित प्राडा योगेन्द्र प्रसाद गुरुङको संयोजकत्वमा ३ सदस्यीय एक स्थलगत अध्ययन टोली गठन गरिएको जनाएको छ ।

    सो टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस, केन्द्रीय विभाग मार्फत अगाडि बढाउने त्रिविले जनाएको छ ।

    अध्ययन टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने त्रिवि शिक्षाध्यक्षको कायालयले जनाएको छ । साथै अध्ययनका लागि त्रिविले डोटी बहुमुखी क्याम्पस डोटी, डडेलधुरा क्याम्पस डडेलधुरा, सुर्खेत क्याम्पस सुर्खेत, तेह्रथुम क्याम्पस तेह्रथुम, भोजपुर क्याम्पस भोजपुर, विश्वभाषा क्याम्पस काठमाडौँ र जुम्ला क्याम्पस जुम्लालाई पत्राचार गर्दै जानकारी गराएको हो ।

    हाल दुई हजार २०० को हाराहारीमा आंशिक शिक्षकहरू अध्यापन गराउँदै आएका छन् । उनीहरूले करार शिक्षकले झैँ मासिक तलब पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । त्यसपछि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच साउन १५ गते समझदारी भएको थियो ।

    सोही आधारमा त्रिवि कार्यकारी परिषद्ले शिक्षक सहायक पदसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्रिविले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा उनीसँग सम्झौता गरेको थियो ।

    सम्झौता अनुसार प्रक्रिया अगाडि नबढेको बताउँदै आंशिक प्राध्यापकहरूले कात्तिक ३० गते हुने उपप्राध्यापक पदको परीक्षा रोक्ने चेतावनी दिएका थिए । उनीहरूको चेतावनीपछि त्रिविले कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

    Polish_20241111_065229295.png

    images
    सोमवार, कार्तिक २६ २०८१०६:५३:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार