Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्तरपुस्तिका परिक्षण प्रभावकारी बनाउन अनेरास्ववियुको ध्यानाकर्षणपत्र

उत्तरपुस्तिका परिक्षण प्रभावकारी बनाउन अनेरास्ववियुको ध्यानाकर्षणपत्र

  • 540
    SHARES

  • उत्तरपुस्तिका परिक्षण प्रभावकारी बनाउन अनेरास्ववियुको ध्यानाकर्षणपत्र

    कार्तिक, २६ गते काठमाडौ । अनेरास्ववियुले उत्तरपुस्तिका परिक्षण प्रभावकारी बनाउन ध्यानाकर्षणपत्र बुझाएको छ। अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

    यसअघि खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएको थियो।

    अनेरास्ववियुले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग समेत गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग समेत यस विषयमा छलफल गरेको थियो ।

    परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये ८ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । ती मध्ये २ सय जना विद्यार्थीले कपि हेर्न पाउँ भनेर निवेदन दिएकोमा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेको सङ्गठनले जनाएको छ ।

    विज्ञले फकाएर कपि पुनः परीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले कपि पुनः परीक्षणका लागि निवेदन दिएकोमा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनः परीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।

    यो तथ्याङ्कले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवाला कति गैर जिम्मेवार छन् र विद्यार्थीको भविष्यसँग कसरी खेलबाड गरिरहेका छन् भन्ने प्रस्ट भएको अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकाले वेबसाइट प्रभावकारी बनाउन पनि आग्रह गरेको छ ।

    images
    सोमवार, कार्तिक २६ २०८१०१:३६:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार