Jul 27 2026 | २०८३, श्रावण ११ गते

विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन खुल्यो। (यसरी दिनुस आवेदन)

विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन खुल्यो। (यसरी दिनुस आवेदन)

  • 2.8K
    SHARES

  • विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन खुल्यो। (यसरी दिनुस आवेदन)

    कार्तिक, २९ गते काठमाडौ। शिक्षा तथा मानव स्रोत केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। एक सूचना जारी गर्दै केन्द्रले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीहरूका लागि आवेदन खुलेको हो।

    विश्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीहरूका लागि आ.व. २०८१।०८२ मा छात्रवृत्ति बितरण गर्ने प्रयोजनार्थ यसै पत्रसाथ संलग्न अनुसूची १ अनुसारको Proxy Mean Testing (PMT) फाराम सम्बन्धित विद्यालयबाट भर्ने भराउने व्यवस्था गर्नुहुन केन्द्रले सुचित गरेको छ।

    PMT फाराम भर्ने भराउने प्रकृयाब्यस्तो रहेको छ।

    १.१ यस केन्द्रको वेवसाइट https://cehrd.gov.np वा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (Integrated Educational Management Information System-IEMIS) को वेबसाइट https://emis.cehrd.gov.np मा गई PMT फाराम डाउनलोड गरी सूचना प्रकाशन भएको मितिले ४५ दिन भिवमा फाराम भराई IEMIS प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।

    १.२ उक्त फाराम विद्यालयले प्रिन्ट गरी कक्षा ५ र कक्षा ८ मा अध्ययनरत फाराम भर्न इच्छुक विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराउनुपर्नेछ।

    १.३ सम्बन्धित विद्यार्थीले विद्यालयबाट उपलब्ध भए‌को फाराममा उल्लिखित सम्पूर्ण सूचकहरू सत्य साँचो भरी आपनो अभिभावकबाट प्रमाणित गराई प्रधानाध्यापक समक्ष पेश गर्नुपर्नेछ।

    १.४ सम्बन्धित विद्यार्थी वा अभिभावकबाट पेस भएको फाराम प्रधानाध्यापकले रुजु र सही छाप गरी स्थानीय तहमा प्रमाणीकरण (Verification) का लागि पेश गर्नुपर्नेछ।

    १.५ विद्यालयले माथि उल्लेखित प्रकिया पुन्याई विद्यालयमा प्राप्त भएका PMT फारामहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रको बेवसाइट https://emis.cehrd.gov.np मा सगइन गरी सम्पूर्ण सूचकहरू भर्नु भराउनु पर्नेछ।

    IEMIS मा PMT फाराम प्रविष्टी गर्नको लागिः

    २.१ यस केन्द्रको वेबसाइट https://emis.cehrd.gov.np मा लगइन गरी Dashboard मा रहेको मेनुमा थिच्नुहोस्।

    २.२ PMT मेनुमा विध्नुहोस्। त्यसपछि बर्षमा २०८१, कक्षामा ५ र ८ छान्नुहोस्। Load मा थिच्नुहोस्।

    २.३ PMT फाराम भरेको विद्यार्थीको नामको दायाँ तर्फ रहेको Action मा विष्नुहोस्। PMT फारम खुल्छ। तहाँ विद्यार्थीको प्रमाणित PMT फाराममा भरेका विवरण हुबहु भर्नु पर्नेछ।

    २.४ PMT फाराम IEMIS मा प्रविष्ट गरेपछि प्रमाणित फाराम विद्यालयले सुरक्षित राख्नु पर्नेछ।

    FB_IMG_1731581255775.jpg

    images
    बिहिवार, कार्तिक २९ २०८१०५:३८:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार