मंसिर, २ गते काठमाडौ । मधेस प्रदेशकाे राजधानी जनकपुर उपमहानगरपालिकाका निजी विद्यालय तथा कलेजहरू भोलि देखि अर्को निर्णय नहुन्जेल बन्द हुने भएका छन्। जनकपुरका संस्थागत विद्यालय छाता संगठन हिसान, प्याब्सन तथा एन प्याब्सनले एक अपिल जारी गर्दै सम्पुर्ण संस्थागत बिद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो।
जनकपुर उपमहानगरले छात्रवृत्ति सम्बन्धी गरेको निर्णयमा असन्तुष्टि जनाउदै नगर भित्र सञ्चालित संस्थागत विद्यालय छाता संगठन हिसान, प्याब्सन तथा एन् प्याब्सनले सम्पुर्ण संस्थागत बिद्यालय तथा कलेजहरु बन्द गर्ने उक्त अपिलमा उल्लेख छ।
अपिलमा लेखिएको छ, 'उपर्युक्त सम्बन्धमा यस नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा जनकपुरधाम उ.म.न.पा.को संस्थागत विद्यालय 'छात्रवृत्ति वितरण व्यवस्थापन समिति' मिति २०८१/०५/१३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पून २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने हुँदा अन्य स्थानीय निकाय (भरतपुर, विराटनगर, विरगंज, बुटवल तथा टोखा) हरुको स्थलगत वा विभिन्न संचार माध्यमबाट विवरण संकलन गरी उक्त अनुसार गरिदिनु हुन भनी पत्र मिति २०८१/०७/२९ गते नगर प्रमुखज्यू लाई पत्रमार्फत अनुरोध गरको तर सो पत्रअनुसार केही पहल नभएकोले संस्थागत विद्यालयहरुको छाता संगठन, हिसान, पेवसन तथा एन पेवसन आवद्ध सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य भएकोले मिति २०८१/०८/०३ गते सोमवारदेखि अर्को निर्णय नभए सम्म समपूर्ण संस्थागत विद्यालय बन्द रहने कुरा जनकारी गराउँदछौं । यसबाट विद्यार्थी तथा अभिभावक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।'