बुधवार, मंसिर ५ २०८१
मंसिर, ५ गते काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले SEE दिने विद्यार्थीहरूलाई अनलाइनबाटै तयारी गर्न सकिने व्यबस्था गरेको छ। केन्द्रले YouTube बाट नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिकका कक्षाहरु अनलाइन बाटै तयारी गर्न सकिने व्यवस्था गरेको हो।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले एक सूचना जारी गर्दै आफ्नो यूट्युब च्यानल www.youtube.com/ncedvirtual मा पाठहरु राखिएको हुँदा आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरु निःशुल्क डाउनलोड गरी आफ्नो ल्यापटप तथा एण्ड्रोइड मोबाइलमा हेर्न र सुन्न सकिने सुविधा रहेको केन्द्रले जनाएको छ ।
साथै सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरु, सबै विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षकहरुलाई निःशुल्क प्राप्त हुने उक्त भिडियो पाठहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी तथा सहजीकरण गरीदिन आग्रह गरेको छ ।
