मंसिर, ६ गते काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।
कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुन विषयमा अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तांकिएको न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ प्रणाली अनुसार D र E ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएका) परिक्षार्थिलाई अन्तिम एक पटकका लागि आवेदन फारम भर्न सुचित गरेको छ।
बोर्डले परिक्षार्थिलाई अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड प्राप्त नगरका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हुँदा परीक्षामा सहभागी हुन चाहने उपरोक्त अनुसारका परीक्षार्थीहरू स्वयंले मिति २०८१ साल मइसिर २७ गतेभित्र अनलाइन मार्फत शुल्क दाखिला गरी आवेदन फारम भर्न सुचित गरेको छ।
यसरी भर्नुस आवेदन फारम
• बार्डको website: neb.gov.np मा गई Chance Exam Form (2056-2077) मा क्लिक गर्ने।
• Registration Number जन्ममिति गखेर search गर्ने ।
• आफ्नो विवरण हेरी आफूले परीक्षा दिने कक्षाको अगाडि लगाउने। (विषयको हकमा पछि विद्यालय मार्फत जानकारी प्राप्त हुने ।)
• त्यहाँ उल्लेखित Digital wallet (E-sewa, Connect IPS, Khalti, IME Pay) मध्यवाट आफूलाई सजिलो हुने wallet बाट payment गर्ने ।
• प्राप्त हुने conformation message लाई Print गर्ने परीक्षा आवेदन फाराम सहित आफ्नो विद्यालयमा बुझाउने।
• परीक्षा आवेदन फागमको नमुना बार्डको website: neb.gov.np मा गखिएकोले सो फाराम download गरी फोटो टाँसी फाराम भर्ने विद्यालयमा बुझाउने ।
• कुनै विद्यार्थीले यसअघि नै विद्यालयमा फाराम भती वुझाइसकेको अवस्थामा सम्वन्धित विद्यालयल निजहरूको शुल्क Online Payment गरी फाराम भर्ने व्यवस्था मिलाउनुपर्ने।
• कुनै विद्यार्थीको विवरण माथि उल्लिखित पोर्टलमा नदेखिएमा वा जन्म मिति फरक परे Online Payment गर्न नसकिएमा आफ्नो विद्यालय मार्फत वार्डको सम्बन्धित कार्यालयमा सम्पर्क गखी विवरण प्राप्त गर्न सकिनेछ। सम्बन्धित विद्यालयले बोर्डको कार्यालयवाट विवरण प्राप्त गरी विद्यार्थीहरूलाई फाराम भर्न/भराउनुपर्नेछ ।
• Online Payment गर्ने अन्तिम दिन मिति २०८१ मइसिर २७ गते पश्चात् बोर्डले सम्पूर्ण विवरण एकीकृत गरी कुन विद्यार्थीको कुन कक्षामा कुन कुन विषयको परीक्षा दिनुपर्ने हा सांको Triplicate निर्माण गरी सम्वन्धित कार्यालय मार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराइने वा विद्यालय स्वयंले लग इन गरी विवरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने हुँदा सोही अनुसार विद्यालयहरूले आवेदन फाराम प्रमाणित गरी Online Entry गरेको भौचर / रसिद सहित बोर्डका सम्बन्धित कार्यालयहरूमा तोकिएको समयभित्र आवेदन फाराम बुझाउनुपर्नेछ।
• राष्ट्रिय परीक्षा बोर्डका कार्यालयहरूले आ-आफ्ना क्षेत्र भित्रका विद्यालय/क्याम्पसहरुलाई यसै सूचना अनुसार जानकारी गराई कार्य सम्पादन गर्नु/गराउनुहुन अनुरोध छ।