बिहिवार, मंसिर ६ २०८१
मंसिर, ६ गते धुलिखेल। काठमाडौँ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहको (पहिलो चरण) मङ्सिर ३० गते आइतबार हुने भएकाे छ। विश्वविद्यालयले ३० औं दीक्षान्त समारोहमा भाग लिनको लागि आवेदन माग गरेको छ।
विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै दीक्षान्त समारोहमा सहभागी हुनका लागि मंसिर १४ गते सम्म आवेदन दिनु पाउने जानकारी दिएको कह्ह।
विश्वविद्यालयले मङ्सिर १२, सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिन आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ।
विश्वविद्यालयको स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, मेनेजमेन्ट, साइन्स, र मेडिकल साइन्सेज बाट उत्तीर्ण विद्यार्थीले प्रक्रिया पुरा गरी आवेदन माग गरेको छ।
